सफलताका लागि अरु केही चाँहिदैन, तपाई भित्र सुतेको सिंहलाई ब्युझाउनुहोस् !
काठमाडौं – मानिसको हृदयलाई छोएर त्यसमा लुकेका महानता र सुतेका सिंह ब्युझईदिने अनुभव, पुस्तक, उपदेश अथवा विचारले नै मानिसको जीवनमा सबैभन्दा बढी महत्व राख्दछ । तपाई आज जे हुनुहुन्छ । त्यो ठुलो कुरा होईन, बरु भोलि तपाई जे बन्न सक्नुुहुन्छ, त्यो महत्वपुर्ण छ ।
एक पटक एउटा सिंहको बच्चा जंंगलमा एक्लै खेलिरहेको थियो । सिंहिनी सुतिरहेकि थिई । चारैतिरबाट नयाँ वस्तुहरुप्रति आकर्षित भएर डमरु बाहिर निस्क्यो । त्यसलाई आफुले पहिला कहिल्यै नदेखेको दुनियाँको सबै वस्तु हेर्ने ईच्छा भयो । घुम्दाघुम्दै त्यसलाई आफु निकै टाढा आईपुगेको जस्तो लाग्यो । त्यति बेलासम्म त्यस्ले जंगलमा आफ्ना बाटो बिराईसकेको थियो ।
‘आमा ! आमा !’ पुकार्दै त्यो यताउता दगुर्न थाल्यो । त्यतिबेला उसको सामु एउटा भेडा आईपुग्यो । त्यो भेडाको बच्चा मरेको धेरै दिन भइसकेको थियो । सिंहको बच्चा रोएको देखेर भेडाको हृदयमा ममता भरियो । भेडाले त्यसलाई काखि च्यापेर आफ्नो घरमा लग्यो । भेडाले त्यसलाई धेरै मायाँ गथ्र्याे यसरि दिनहरु बित्न थाले । डमरु सिंहको रुपमा हुर्किएर भेडा भन्दा ठुलो भयो कैयांै पटक त भेडा त्यसलाई देखेर डराउँथ्यो । एक दिन अचानक त्यो जंगलमा एउटा ठुलो सिंह आयो र नजिकको पहाडको चुच्चोमा उभिएर त्यो गर्जन थाल्यो । सिंहको गर्जन सुनेर भेडा थरथर काँप्न थाल्यो । र भयको कारण भेडाको शरीर सिरिङ्ग भयो ।
तर त्यो भयानक गर्जन सिंहको कानमा पर्नासाथ त्यसको हृदयमा विचित्रको भावको वाढी आयो सिंहको गर्जनले त्यसको स्वभावको अहिलेसम्म नछोएको त्यो स्थानमा छोईदियो । त्यसमा एउटा नयाँ चेतना जन्मियो । नयाँ आशा र उमंगका सँगसँगै त्यसलाई आफुमा एउटा यस्तो महान शक्ति लुकिरहेको अनुभव भयो । आफुमा सन्निहित उक्त अस्तित्वबारे त्यसलाई आजसम्म थाहा थिएन । भावनाको लहर उर्लियो र त्यो पनि ठुलो आवाजमा गर्जिन थाल्यो । त्यसपछि आफ्नो भेडा आमालाई अन्तिम पटक दुःखपुर्ण नजरले हेरेर एकै छलाङमा त्यो सिंह कहाँ पुग्यो ।
त्यतिका दिनपछि सिंहले आफु स्वयम्लाई चिनेको थियो । आजसम्म त्यसले आफुलाई भेडा नै सम्झेर बसेको थियो । त्यसले कहिल्यैपनि आफु ती भेडाहरुभन्दा बलवान भएको सोचेको थिएन । पहिला त्यो कुुुकुरको भुकाई सुनेर पनि डराउँथ्यो । तर आज त्यसले कुकुर मात्र होइन, आफ्नो गर्जनबाट जंगलकै सम्पुर्ण जीवजन्तुलाई तर्साउन सक्ने सत्य बुझ््यो । त्यसले आफुलाई भेडा सम्झँदासम्म त्यसमा भेडाकै जति मात्र शक्ति थियो । त्यो भित्रको एउटा सिंह सुतिरहेको थियो । यहि कुरा त्यसलाई त्यतिबेला भनिएको भए त्यसले उत्तर दिन्थ्यो, ‘म भेडा भएर पनि सिंहको जस्तो काम कसरि गर्न सक्छु ? तर अब त्यो भित्र सुतेको सिंह जाग्यो र अब त्यो सिंहबाहेक कसैलाई पनि आफ््नो बराबर सम्झदैनथ्यो । आफुले आफुलाई चिनेपछि त्यसको शक्ति धेरै गुणा बढ्यो । सिंहको गर्जन सुन्नुअघि त्यो सिंह होईन, केवल भेडा थियो । सिंहको त्यो गर्जनले कुनै नयाँ शक्ति भरेको थिएन, केवल भेडाको भित्र सुतेको शक्ति मात्र जगाईदिएको हो । अब त्यसलाई भेडाको जीवन राम्रो लाग्न सक्दैनथ्यो । त्यसलाई सिंहको जीवन, स्वच्छन्द विचरण र वनको विशाल राज्य चाहियको थियो ।
ठीक यसै प्रकारले प्रत्येक मनुष्यको भित्र एउटा ‘सिंह’ सुतिरहेको हुन्छ हृदयको गहिराईमा छोएर त्यहाँ लुकेको शत्तिलाई जगाउने अवसरको आवश्यकता छ । ती शक्ति ब्युताएपछि मनुष्यहिनता र सानोपनाबाट विजय पाउन सकिन्छ । आफ्नो महानताको ज्ञान पाएपछि त्यो साधारण माटोको पुत्लाको जस्तो जीवन कहिल्यै बिताउन सक्दैन, बरु उ सधै अगाडि प्रगतिको सुनौलो लक्ष्यतर्फ बढ्ने इच्छा गर्छ । मनुष्यले आफु ईश्वरको एक अंश भएको र आफ्नो त्यो महान शक्तिसँग अटुट सम्बन्ध भएको थाहा पाएपछि आफुभित्र दिव्यशक्तिको अनुभव गर्न थाल्छन । तसपछि उसका लागि केहि पनि असम्भव रहदैन । उसलाई ईश्वरको महान् शक्ति उसको शरीर र आत्मामा व्याप्त भएकाले अब आफुमा कुनै दुर्बलता नभएको ठान्छ । उसलाई उसको जीवनको योजना ईश्वरले बनाएको र त्यसैले आफ्नो रक्षा पनि गर्नेछ भन्ने विस्श्वास लाग्छ । फोहोर बस्तीमा बस्ने र झुत्राझाम्रा लगाउने साधारण बालकमा पनि भविष्यको महापुरुष लुकेको हुदैन भनि कस्ले भन्न सक्छ ? आज पनि थुप्रै यस्ता युवायुवतीलाई आफुभित्र लुकेको महानताको ज्ञानसम्म छैन । तिनीहरुलाई आजका यहि साधारण मानिसबाटै भविष्यका महापुरुष निस्कन्छन् भन्ने थाहा छैन । भविष्यका थुप्रै महान व्यक्ति आज होटल वा कार्यलयमा साधारण काममा लागेका छन् ।
आफ्नो शक्तिहरुको यो ज्ञानले मनुष्यमा अधिक परिश्रम गर्ने शक्ति जगाउँछ । अलिकति उन्नति हुनासाथ साधारण क्लर्क पनि आफ्नो शक्तिभन्दा धेरै गुणा बढी काम गर्न समर्थ हुनपुग्दछ । शक्तिको यो बन्द रहुन्जेलसम्म महानता पनि लुकिरहन्छ । याद राख्नुहोस्, तपाँई आज जे हुनुहुन्छ त्यो महत्वपुर्ण छैन । बरु तपाई भोलि के बन्न सक्नुहुन्छ त्यो महत्वपुर्ण छ । एउटा व्यापारिले कहिले पनि आफ्नो पुँजीलाई ब्याज र लाभ केहि नमिल्ने व्यापारमा लगानि गर्न चाहँदैन । के तपाईलाई थाहा छ, कतै तपाईपनि पनि यस्तै त गरिरहनुभएको छैन ? तपाईले पनि आफ्नो पुँजी कुनै यस्तै व्यापारमा लगाउनुभएको छ ? तपाईभित्र त धनभन्दा धेरै मुल्यवान पुँजी छ । तपाई त्यसको उपयोग किन गर्नुहुन्न ? बैंकमा थुपै्र पैसाभएर पनि कुनै व्यापारिले आफ्नो उधारो पनि चुकाउन सक्दिन भनि सोचिरहन्छ भने उसलाई तपाई के भन्नुहुन्छ ? तर तपाँईको अवस्था त त्यो भन्दा खराव छ, किनभने तपाईसँग रहेको महान् योग्यताहरुको पँुजी बेकार रहेको छ । यदि तपाईसँग यति धेरै धन छ भने किन गरिबीमा नै सारा जीवन नष्ट गर्न लागिपर्नुभएको छ ?
आफुभित्रको महान् व्यक्तित्वलाई ब्युताउने प्रयात्न गर्नुहोस् । आजसम्म तपाईले यस्तो गर्नुभएको छैन । अहिलेसम्म बेकार परेको तपाईको महान् शक्ति र प्रतिभा फेरि ब्युताउनको लागि उठ्नुहोस्, आफ्नो जीवनको योजना बनाउनुहोस् ।
अरु थुप्रै यस्तै-यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।