इमाडोलमा केटी साथीको कोठामा गएका युवकको गयो ज्यान
काठमाडौं —केटी साथीको कोठामा गएका एक युवकको ज्यान गएको छ । सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो । काभ्रे घरभएकी २२ बर्षिय युवतीले अचानक बेहोस भएपछि अस्पताल पुर्याएको बताएकी छन् । किस्ट अस्पतालमा मंगलबार विहान उनको निधन भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७.३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ ।