देउवा पुत्र जयवीरको अर्को काण्ड सार्वजनिक

शनिबार, ३ जेष्ठ २०८२

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाको अर्का काण्ड सार्वजनिक भएको छ । काठमाडौँको हिलटन होटल किनेको हल्लापछि अर्को काण्ड बाहिरिएको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवालाई फकाउन ऊर्जामन्त्री दीपक खड्काले संखुवासभामा रहेको एउटा ५४ मेगावाटको जलविद्युत छोरा जयवीर र व्यापारी पवन गोल्यानका छोरा अक्षय गोल्यानको लगानी रहेको कम्पनीलाई बुझाउन लागेका छन् । मन्त्री खड्काले देउवा र गोल्यान पुत्रहरुको लगानी रहेको मिजु इनर्जी लिमिटेडलाई तल्लो अप्सुवा जलविद्युत जिम्मा दिने तयारी थालिएका हुन् ।

हालसम्म पिपिए नभएको संखुवासभाको तल्लो अप्सुवा जलविद्युत परियोजना उनीहरुको जिम्मा लगाउने तयारी भएको बताइन्छ । सदरमुकाम खाँदबारीबाट ५० किलोमीटर उत्तरको अप्सुवा नदीमा निर्माण गरिने उक्त परियोजनामा पिपिए गराउन यसअघि कायम रहेको कानुनी अड्चन खड्का अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले फुकाइसकेको छ ।

देउवा र गोल्यान पुत्रहरुको लगानी रहेको मिजु इनर्जी लिमिटेडलाई तल्लो अप्सुवा जलविद्युत जिम्मा दिने तयारी थालिएको हो । ‘रन अफ रिभर’ उक्त परियोजनाको हेडवर्क्स मकालु गाउँपालिका र विद्युत गृह सिलिचोङ गाउँपालिकामा बन्ने छ । हालसम्म पिपिए नभएको तल्लो अप्सुवा परियोजना गोल्यान ग्रुपको मिजु इनर्जीले २०२० को अगष्टमा विद्युत विकास विभागबाट हात पारेको थियो ।

अक्षय गोल्यान व्यवसायी पवन गोल्यानका छोरा तथा गोल्यान समूहका कार्यकारी निर्देशक हुन् । ६९ वर्षे पवन १६ वटा कम्पनी रहेको उक्त समूहको अध्यक्ष छन् । जयवीर पछिल्लो केही वर्षदेखि विभिन्न व्यापारिक समूहसँग जोडिएर व्यवसाय सञ्चालनमा लागेका छन् ।

पुत्रहरुको नयाँ साझेदारीलाई मलजल पुर्याउन बजेटपछि पुनर्गठन हुने मन्त्रिपरिषदमा ऊर्जामन्त्री नरहने निश्चित भएपछि विभिन्न निर्णय हुन थालेको स्रोतको दाबी छ । मन्त्री पदमुक्त हुनुअघि नै चाहेको जलविद्युत हात पारेर ढुक्क हुने उनीहरुको चाहना हो ।