राजनीतिक बजारमा नयाँ खेल सुरु, मैदानमै आयो चीन

सोमबार, ५ जेष्ठ २०८२

काठमाडौँ – नेपालको राजनीतिक बजारमा नयाँ खेल सुरु भएको छ । उत्तरी छिमेकी चीनले कम्युनिस्ट एकताको पहलकदमी लिएर नयाँ राजनीतिक कोर्ष सुरु गरेको हो ।

जसको सुरुवात पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन बोलाएर सुरु गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाँदै छन् ।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । तर को कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन । नेपालका कम्युनिस्टहरूबिच एकता हुनुपर्ने आवाज उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा जान लागेकी हुन् ।

कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।