कंगारुले एक हप्तासम्म १९औँ स्थापना दिवस बनाउने, करिअर खोज्ने विद्यार्थीलाई अवसरै अवसर

आइतबार, ११ जेष्ठ २०८२

काठमाडौँ – विदेश अध्ययनको विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो १९औँ बार्षिकोत्सव एक हप्तासम्म मनाउने भएको छ । स्थापनाको १९ औँ वर्षपछि आफ्नै भवनबाट सेवा सुचारु गरेको कंगारुले ‘कंगारु फ्रेसर फेस्ट’ को रुपमा एक हप्तासम्म स्थापना दिवस मनाउने भएको हो ।

फेस्टमा सहभागी विद्यार्थीले अस्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, अमेरिका र बेलायतका प्रतिष्ठीत विश्वविद्यालयका प्रतिनिधिसँग करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लगायतका विषयमा प्रत्यक्ष छलफल गर्न सक्नेछन् । कंगारुले विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधिसँग आफूलाई लागेका जिज्ञासा डाइरेक्ट राख्ने पाउने भएकाले यसलाई अवसरको रुपमा हेरेको छ ।

फेस्टमा विद्यार्थीहरुले आफ्नो आर्थिक र शैक्षिक हैसियत अनुसार देश र विश्वविद्यालय छनोट गर्नका लागि सहि परामर्श हुने कंगारुले जनाएको छ । विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, विश्वविद्यालय छनौट, डकुमेन्टेसनबारे विद्यार्थीलाई जानकारी गराइने बताइएको छ ।

कंगारुले सो अवसरमा बागबजारमा बनेको आफ्नै विल्डिङको उद्घाटनसमेत गरेको छ । कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुलले एड्मिसन र भिजाका सम्बन्धमा एउटै छाना भित्र सम्पूर्ण जानकारी लिन सहयोग पुग्ने उद्देश्यले केन्द्रिय कार्यालय उद्घाटन समारोहमा फेस्टको पनि आयोजना गरिएको कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार मेलामा सहभागी हुने विद्यार्थीलाई आएल्स र पिटिइ कक्षामा ५० प्रतिशत छुट दिएको छ। फेस्टमा विद्यार्थीका लागि ‘लक्कि ड्र’, मूभी टिकेट जस्ता विभिन्न गिफ्टह्याम्परको व्यवस्था गरिएको थियो। बिहान १० बजेदेखि साझ ४ बजेसम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि ५ सय भन्दा बढीले मेला अवलोकन गरेका थिए।