बालेन शाहको आपत्तिजनक तस्वीर सार्वजनिक

आइतबार, ११ जेष्ठ २०८२

काठमाडौँ – काठमाडौंका मेयर बालेन शाहको आपत्तिजनक तस्वीर सार्वजनिक भएको छ । महानगरपालिकाबाटै बाहिरिएको तस्वीरमा बालेन परस्त्रीसँगको अंगालमा देखिएका छन् । एक रेस्टुरेन्टको बार अगाडि विन्दास पारामा देखिएको फोटो सार्वजनिक भएपछि महानगर पालिकामा खैलाबैला मच्चिएको छ ।

फोटो सार्वजनिक गरेको आरोप लगाउँदै बालेनको सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या गरेको, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको भन्दै बालेनको सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो ।

प्रवक्ता मानन्धरले आफूलाई बालेनको सचिवालयले स्पष्टीकरण सोधेको पुष्टि गरे । उनले मेयर बालेनको सचिवालयबाट आफूलाई स्पष्टीकरण लिन आउनु भनेर फोन आएको बताउँदै आफू पत्र लिन नजाने पनि प्रस्ट पारे ।

स्रोतका अनुसार बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको हो । मानन्धरलगायतका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए । वडाध्यक्षहरूले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् ।