मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

बिहिबार, १५ जेष्ठ २०८२

काठमाडौं – आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ । यो वर्षको बजेट साढे उन्नाईस लाख भन्दा बढी हुने आकलन  गरिएको छ।