६ सय ६६ जनालाई एयरपोर्टबाटै फर्काईयो

सोमबार, १९ जेष्ठ २०८२

काठमाडौं — भिजिट भिसा काण्ड बाहिरिएपछि ६ सय ६६ जना एयरपोर्टबाटै फर्किएका छन् । पछिल्लो १० दिनमा अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जान खोज्ने ६ सय ६६ जनालाई फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवम् सूचना अधिकारी अञ्जन न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने रहेका छन् ।

गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलको टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको छ ।

न्यौपानेका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई फर्काइएको छ भने क्रमशः धेरै संख्या ओमान र कतार जान खोज्नेहरुको छ ।