आन्दोलन नरोक्दासम्म राजावादी नेतालाई अंगरक्षक नदिने सरकारको निर्णय
काठमाडौं—राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मागसहितको आन्दोलन नरोकेसम्म राजावादी नेताहरूलाई अंगरक्षक (पिएसओ) नदिइने सरकारको निर्णय छ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले आन्दोलनकै कारण सुरक्षा खटाउन कठिन भएकाले पिएसओ फिर्ता गरिएको बताए । उनले आन्दोलन रोकिएपछि अंगरक्षक पुनः उपलब्ध गराइने बताए ।
गृहमन्त्री लेखकले संविधानका आधारभूत संरचना.. गणतन्त्र, संघीयता र लोकतन्त्रविरुद्धका गतिविधि मुलुकलाई अन्धकारतर्फ लैजाने चेतावनी दिँदै त्यसतर्फ कोही पनि नलाग्न आग्रह गरे।
राप्रपाका ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक केही दिनअघि फिर्ता गरिएको थियो।