काग र लोखर्के जुध्दा सिंहदरबारमा बिजुली अवरूद्ध
काठमाडौँ — काग र लोखर्के जुध्दा सिंहदरबारमा दिनभर विद्युत अवरुद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि सिंहदरबारमा बिजुली अवरूद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको हो । करेन्ट लागेर काग र लोखर्के दुबै मरेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा