सपना र कृष्ण फिचर्ड “ए मेरी दिलकी रानी”

मंगलबार, १४ जेष्ठ २०७६

काठमाडौँ –  प्रवेग लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक “ए मेरी दिलकी रानी”बोलको भिडियोलाइ दिल कुमार राणाले निर्माण गरेका हुन् ।

सार्बजनिक गीतमा बिष्णु काउचाको शब्द तथा कृष्ण काउचाको संगीत रहेको छ । रोमान्टिक तथा डान्सिङ्ग नम्बरको भिडियोमा सपना रोका र कृष्ण काउचालाइ फिचर्ड गरिएको छ ।

सन्जय काउचाले निर्देशन गरेको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन् । अनिल राणाले सम्पादन गरेको भिडियोमा अरुण बरुणले सह छायाँकारको कार्य गरेका छन् ।