सारा शर्माको मुख्य अभिनय रहेको चलचित्र ‘मोहर’को ट्रिजर सार्वजनिक
काठमाडौं – प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथालाई लिएर निर्माण भएको चलचित्र मोहरको टिजर ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
चलचित्रमा देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश रहेको छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ । ओम प्रतीक निर्देशित यो फिल्ममा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाही, बाल कलाकार सारा शर्मा लगायतको अभिनय छ । चुम्बनजंग शाहीले फिल्म निर्माण गरेका हुन् ।
टिजरले फिल्मको कथावस्तु, प्रस्तुतीकरण र चरित्र चित्रणबारे संक्षिप्त झलक दिन्छ । अभिनेता शाह यसमा देउकी कुप्रथा रोक्न संघर्ष गरेका पात्रको रोलमा छन् । बेनिशालाई बालिकाको आमाको भूमिकामा देखाइएको छ । मिस पबिको एक झलक यसमा छ ।
‘मोहर’ साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्रमा बालक कलाकार सारा शर्माको बेजोड अभिनय रहेको छ ।