गृहमन्त्री लेखकपछि रवि लामिछानेको भिजिट भिसा काण्ड संसदमा प्रवेश

बुधबार, २५ असार २०८२

काठमाडौं – गृहमन्त्री रमेश लेखकपछि रवि लामिछानेको भिजिट भिसा काण्ड संसदमा प्रवेश भएको छ।   रास्वपाले संसदमा रमिता देखाइरहेका बेलामा रवि लामिछानेको भिजिट भिसा काण्ड संसदमा प्रवेश गरेको हो ।

रवि लामिछाने अमेरिका जाँदा भिटी भिसामा गएर भागेको गृहमन्त्री रमेश लेखक स्वयमले ले आरोप लगाएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने भिजिट भिसामा अमेरिका गएका हुन् कि होइनन् ? भनेर पश्न गरेका छन् । साथै, भिजिट भिसामा गएर अमेरिकाको नागरिकता लिन मिल्नेकी नमिल्ने रु भन्दै रास्वापसँग जवाफ मागेका छन् ।

रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडेको बताएकी थिइन्।

त्यसको जवाफमा गृहमन्त्री लेखकले भने,‘मान्य रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ। उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु। भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो।

लामिछाने भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन पनि उनले रास्वपासँग आग्रह गरेका थिए ।