दुर्गेश थापाको नयाँ गीतले गर्यो विष्णु माँझीको रेकर्ड ब्रेक

बिहिबार, २६ असार २०८२

काठमाडौं—दुर्गेश थापाको नयाँ गीतले विष्णु माँझीको रेकर्ड ब्रेक गरेको छ । दुर्गेश र सिसन बानियाँको ‘जाने भए जाम माया’ बोलको गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा परेको थियो । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आमा’ले राखेको थियो ।

विष्णुको गीतलाई रिलिजको दिन १५ लाख पटक हेरिएको थियो । दुर्गेशको गीत रिलिजको २४ घण्टामा झण्डै २० लाख पटक हेरिएको छ ।

यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो । दुर्गेश थापाको शब्द, संगित र संगित संयोजनसमेत रहेको यो गीतमा सिसन थापासँगै बानियाँ, लासो पेमा, अल्लाजी जिरो र गुरास नानी लगायतको अभिनय रहेको छ । गीतमा थापा, बानियाँ र अल्ला जी जिरोको स्वर रहेको छ ।