घर खरिद र बनाउन बैंकले ३ करोडसम्म कर्जा दिने
काठमाडौं—अबदेखि बैंकहरुले घर किन्न वा बनाउन ३ करोड रुपैयाँसम्म कर्जा दिने भएका छन् । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिकबाट निजी आवासीय घर निर्माण वा खरिद गर्न २ करोडको सीमा बढाएर ३ करोड पुर्याएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा. विश्व पौडेलले घोषणा गरेका छन् ।
मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरिएको छ । गभर्नर डा.पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैङ्कले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।