अबदेखि क्यान्सरको उपचारका लागि दुई लाख रुपैयाँसँगै ३७ प्रकारका औषधि निःशुल्क

सोमबार, ३० असार २०८२

काठमाडौँ – अबदेखि क्यान्सरको उपचारका लागि दुई लाख रुपैयाँसँगै ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पतालमार्फत ३७ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने भएको हो । यो सुविधा लिन विरामीको स्वास्थ्य बीमा भएको हुनुपर्ने छ भने विपन्न नागरिक भएको व्यहोरा खुल्नपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्यान्सर रोगको औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको पहलमा वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारले ३७ प्रकारका औषधि सहयोग प्राप्त गरेको हो । स्तन, छाला, तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने औषधि नेपालका चार अस्पतालमा निरन्तर पाँच वर्षसम्म विभिन्न क्यान्सर रोगका औषधि उपलब्ध गराइने प्रशासक तथा सूचना अधिकारी डा.केसीले बताएका हुन्  ।

सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार गराउँदै आएको छ । त्यसमा थप निःशुल्क औषधि उपलब्ध गराउन लागिएको मन्त्रालयका प्रशासक तथा सूचना अधिकारी केसीकोभनाइ छ  ।

यद्यपि सरकारले स्वास्थ्य बीमामा आबद्धलाई साउन १ देखि क्यान्सरलगायत आठ जटिल रोगहरूको उपचारका लागि दुई लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले थप निःशुल्क रूपमा क्यान्सर रोगको औषधि यी चार अस्पतालबाट पाउन सक्नेछन् ।