माधव नेपाललाई एमालेको सहअध्यक्ष बनाउन केपि ओली तयार !

बुधबार, ३२ असार २०८२

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेको सहअध्यक्ष बनाउन तयार भएको खुलासा भएको छ । समाचार स्रोतका अनुसार सर्वोच्चबाट नेकपा विभाजनको फैसला आउनासाथ माधव नेपाललाई ओलीले प्रचण्डको ठाउँमा सहअध्यक्ष बन्न प्रस्ताव गरेको खुलेको हो ।

त्यहीबेला ओलीले चुनावको टिकट दिने क्रममा समेत दुई भाइको संयुक्त हस्ताक्षर चल्ने आश्वासन दिएका थियो । ओलीको बोली र व्यवहारमा फरक पन देखेका नेपालले उक्त प्रस्ताव अस्वीकार गरेर नयाँ पार्टी खोले थिए ।

प्रचण्ड–नेपालले केपी ओलीलाई पहिले प्रधानमन्त्री र त्यसपछि पार्टी अध्यक्ष दुवैबाट हटाउने सहमति गरेपछि तत्कालीन नेकपामा निकै ठूलो शक्ति संघर्ष चलेको थियो । यसैबीच ऋषि कट्टेलले हालेको रिटमा पसेर अदालतले नेकपा फुटाएको थियो । त्यहीबेला माधव नेपाललाई आफ्नो पक्षमा ल्याउन ओलीको यस्तो प्रस्ताव गरेको खुलासा भएको हो ।

माधव नेपाल र प्रचण्ड दुवैतिर नजिकको सम्बन्ध बनाएर बसेका एक वकिलले जनार्दन शर्मालाई ओलीको खेलबारे जानकारी दिएका थिए । जनार्दनमार्फत सूचना पाएका प्रचण्डले नेपाललाई प्रधानमन्त्री बनाउने वचन दिए पार्टी फुटाउन लगाएका थिए ।