श्रीमतीसँग डिभोर्स गरेको खुशीयालीमा दुधले नुहाएर उत्सव

बुधबार, ३२ असार २०८२

काठमाडौँ – एक युवकले श्रीमतीसँग डिभोर्स गरेको खुशीयालीमा दुधले नुहाएर उत्सव मनाएका छन् । शुद्ध हुन भन्दै ४० लिटर दूधले नुहाएर उनले उत्सव मजाएका हुन् ।

उनको उक्त भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । भारतको आसामस्थित नलबारी जिल्लाका मलिक अलीले विवाह भएको सात वर्षपछि डिभोर्स गरेका हुन् । श्रीमती अन्य युवकसँग लागेको थाहा पाएपछि अलीले डिभोर्सको फायल गरेका थिए । उनको पाँच वर्षीया छोरी पनि छिन् ।

दुई पटक प्रेमीसँग भागिन्, मैले फर्काएर मेलमिलापको प्रयास पनि गरेँ, तर नहुँदोरहेछ’, उनले भनेका छन्, ‘अब म स्वतन्त्र भएँ, शुद्ध भए, म आफ्नो खुशीले जीवन बाँच्नेछु ।’

कानुनी रुपमै अलग हुँदा छोरी भने आमासँगै बस्ने सम्झौता भएको अलीले जानकारी दिएका छन् । डिभोर्सको फाइलमा हस्ताक्षर गरेकै दिन साँझ ४० लिटर दूध किनेर घरमा लगेको र त्यसैले नुहाएर डिभोर्स सेलिब्रेसन गरेको उनले बताएका छन् ।