अण्डाको मूल्य बढ्यो

सोमबार, ५ साउन २०८२

काठमाडौं – अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएको हो ।

संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट ३० रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५२५ रुपैयाँ पुर्‍याएको हो । यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याएको थियो ।

त्यस्तै, मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट ३० रुपैयाँ बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले जानकारी दिए ।

त्यसैगरी चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यो सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अण्डाको मूल्य निर्धारण हुनेछ ।