सागर डिस्टिलरीले वैदेशिक रोजगारीमा गएकालाई आईपीओ निष्कासन गर्दै
काठमाडौं— विदेशमा बस्ने नेपालीका लागि सागर डिस्टिलरीले साधारण शेयर आईपीओ निश्कासन गर्ने भएको छ । नेप्से बुल, गभर्नर ह्वीस्की, रोयल ब्लु नामक रक्सी उपात्दक कम्पनी सागर डिस्टिलरीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले १ लाख ४५ हजार २०० कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्दैछ । सेयर खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम सात हजार कित्ताका लागि भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस अवधिसम्म मागबमोजिम आवेदन नपरे भदौ ११ गतेसम्म आवेदन खुला रहनेछ ।