रवि लामिछोनलाई रक्षा बन्धनका अवसरमा दिदी बहिनीहरुले राखि बाध्न पाउने
काठमाडौं—रवि लामिछोनलाई रक्षा बन्धनका अवसरमा दिदी बहिनीहरुले राखि बाध्न पाउने भएका छन् । विभिन्न मन्दिरमा राखिएका रवि लामिछानेका कट अफ फोटोहरुमा राखी बाँधी सरकारको प्रतिशोधपूर्ण अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन सकिने छ ।
रास्वपाका अनुसार शनिबार दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेट अगाडिको मन्दिर प्रांगण र काठमाडौँका घण्टी घर, चःमति, वनस्थलीमा राखिएका फोटाहरुमा राखी बाधेर ऐक्यवद्धता जनाउन सकिने छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् ।