गोल्डेन इमिनेन्टको exclusive seminar भोलिदेखि, सतप्रतिशत छात्रबृत्तिको अवसर
काठमाडौँ – दक्षिण कोरिया अध्ययनको योजना बनाएका विद्यार्थीका लागि खुशीको खबर छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनले यस्ता विद्यार्थीका लागि exclusive seminar को आयोजना गरेको छ ।
कोरियाको क्यूंगसंग यूनिवर्सिटीको आधिकारिक प्रतिनिधि गोल्डेन इमिनेन्टले साउन २८ गते काठमाडौँ, २९ गते चितवन भरतपुर गार्डेन रिसोर्ट र ३० गते बुटबलको दियालो फुडल्याण्डमा सेमिनार आयोजना गर्न लागेको हो ।
सिट सिमित भएकाले समयमै सम्पर्क गर्न गोल्डेन इमिनेन्टले विद्यार्थीलाई अनुरोध गरेको छ । कोरियाबाट आएका विश्वविद्यालयका प्रतिनिधिको उपस्थितिमा हुने सेमिनारमा विशेषज्ञ सल्लाह प्रदान गरिने बताइएको छ ।
सेमिनारमा विश्वविद्यालयमा भर्नाको मार्गदर्शन, छात्रवृत्तिको अवसर भिसाको सम्भावना, ट्युसन फि, कोरियाको जीवन लगायतका विषयमा जानकारी प्राप्त हुने गोल्डेन इमिनेन्टले जनाएको छ । सेमिनारमा सहभागी विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रबृत्ति प्रदान गरिने गोल्डेन इमिनेन्टका प्रबन्धनिर्देशक प्रकाश रिजालले बताएका छन् ।