रेशम चौधरी पुनः श्रीमती रन्जिता श्रेष्ठसँग हारे
काठमाडौं—रेशम चौधरीले पुनः श्रीमती रन्जिता श्रेष्ठसँग हारेका छन् । रेशमले रन्जितालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट हटाएर बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए ।
नयाँ अध्यक्षमा दाबी गर्दै लालवीरले निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएका थिए । आयोगले उनको निवेदन खारेज गर्दै रञ्जितालाई नै अध्यक्ष कायम गरेपछि पुनः रेशमले श्रीमतीसँग हारेका हुन् ।
राजनैतिक दलसम्बन्धी ऐन र पार्टीको विधानले राष्ट्रिय भेला नचिन्ने भन्दै आयोगले रन्जितानै अध्यक्ष हुने निर्णय गरेको हो । यसअघि सुदुरपश्चिम प्रदेश सरकारमा सहभागीताका विषयमा भएको विवादमा पनि रेशम पछारिएका थिए ।