ओली क्याविनेटका दुई जनामन्त्री फेरिने

आइतबार, ८ भाद्र २०८२

काठमाडौं – ओली क्याविनेटका दुई जनामन्त्री फेरिने भएका छन् । खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा)ले डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्री पठाउने निर्णय गरेको छ ।

पार्टीले फिर्ता बोलाएका मन्त्री यादव र सुडीले यही भदौ ११ गतेभित्र राजीनामा दिने बताइएको छ । उनीहरुको राजीनामा पछि महतो र झालाई नियुक्त गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको तयारी छ ।

अशोक राई नेतृत्वको जसपाले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा अरुलाई पठाउने निर्णय गरिसकेको छ । आफ्नो पार्टीको निर्णयबारे जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइसकेको छ ।