त्रिभुवन विमानस्थल आजबाट दैनिक २१ घन्टा चल्ने
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घन्टा सन्चालनमा आउने भएको छ। रन–वे पिच परिर्वतन (रिह्याबिलिटेसन)का कारण विमानस्थल पछिल्ला केही महिनायता रातको १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो।
त्यसअघि दैनिक २१ घन्टा नै सन्चालन हुने गरेको थियो। गत चैत १८ गतेदेखि रातको समयमा बन्द गरिएपछि विमानस्थल दैनिक ११ घन्टामात्र सन्चालन हुने गरेको थियो।
रन वेको पिचमा समस्या देखिएपछि सन् २०१५ मै सुरु भएको मर्मत योजना बीचमा रोकिएको थियो।