बाजुराका ‘पाउरोटी बड्डा’: जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

सोमबार, ८ मंसिर २०८२

काठमाडौं— बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीका रन बहादुर रोकायाले पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन् ।

‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

विगत १९ वर्षदेखि उनीपाउरोटी व्यवसायमा संलग्न छन् । अहिले रोकाया उमेरले ७२ बर्षको भए, तर जोश जागर भने उही छ । विगतकादिनहरुमा हरेक दुःख कष्ट झेल्दै आएका रोकायाले अहिले असल व्यवसायकर्मीका रुपमाआफूलाई चिनाउनुका साथै सबैको प्रेरणाको स्रोत समेत बनेका छन् ।

विगतका दिनमा भारतको नोकरीबाट घर परिवारको पेट पाल्दै आएका उनले त्यहाँको काम छोडर आफ्नै जन्मभूमिफर्केर पाउरोटी व्यवसायतर्फ उन्मुख भए । अहिले उनले व्यवसायिक रुपमै १९ बर्षदेखि पाउरोटी उद्योग सञ्चालन गरेर बसेका छन । जुनव्यवसायबाट उनले आफ्ना छोराछोरीहरुलाई उच्च शिक्षा अध्ययन समेत गराए ।

अहिले पनि उनले दुई नाति,एक नातिनी र एक छोरीलाई पढाइ रहेका छन् । पाउरोटी बेचेरै उनको घरधन्दा चलेको छ । विहानै ४ बजेदेखि उनको पेशा,व्यवसाय सुरु हुन्छ । पाउरोटी र डुनोट बनाएर सकेपश्चात् डोकोमा हालेर बेच्नको लागी बजारतिर निस्किन्छन्।

बजारका पसलहरुमा एकाविहानै डोेकोमा पाउरोटी बोकेर बेच्न लागेको अवस्थामा भेटिएका उनले आफ्ना अनुभवहरु साटेका छन् । उनले ताजापाउरोटी र डुनोट प्रति एकको १० देखि १५ रुपैयाँका दरले बिक्रीगर्दै आएका छन् । पहिले बाउलीमा व्यवसाय सञ्चालनगर्दै आएका उनले अहिले बडिमालिका ८ रावलवाडा डाँडामा कोठा भाडा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

व्यवसायबाट मासिकपचास हजार बढि आम्दानीहुने गरेको उनको भनाइ छ । आम्दानी भएको रकमबाट कोठाभाडा तिरेर अन्य सर–सामान किन्दा न्यूनतम १० हजारसम्म बचत हुने गरेको रोकायाले बताएका छन् । आफूभित्रको इच्छाशक्ति,क्रियाशीलता,निरन्तरता र मेहनतले नै सानो व्यवसाय चलिरहेको रोकायाको भनाइ छ ।

उनी पाउरोटी उत्पादन सँगसँगै बजारीकरणका लागिआफै बजारभर हिँड्ने गरेका छन् । रोकाया भन्छन्, ‘विहानै ताजापाउरोटी र डुनोट डोकामा हालेर बेच्नबजार जान्छु । सवेरै सबै पसलमा पुग्दा नास्ताको लागि ग्राहक बसेका हुन्छन् र सबै पसलेले किन्ने गर्छन् ।’

मानिसको लागिकुनैपनि पेशा व्यवसाय सानो–ठुलो हुँदैन भन्ने ध्येयका साथ व्यवसाय गरिरहेको उनको भनाइ छ । दिनहुँपाउरोटी व्यवसायबाट न्यूनतम दुई हजार देखि पच्चिस सय आम्दानी गर्ने गरेको उनको भनाइ छ । मासिक पचास हजार भन्दा बढिको दरले बार्षिक छ÷सात लाख आम्दानी हुने गरेको उनले बताए ।

उनकाअनुसार, पाउरोटी व्यवसाय सञ्चालनको लागि पकाउने मेसिन घरेलुले २०७४ सालमा ८० हजार बढिको लागतमा उपलब्ध गराएको र धुलो मिच्ने मेसिन ८० हजारको लागतमा आफ्नै लगानीमा खरिद गरेको बताएका छन् ।

उनले भने, ‘अहिले पकाउने मेसिन राम्रो भएपनि धुलो मिच्ने मेसिन बिग्रने अवस्थामा छ । कहिँकतैबाट धुलो मिच्ने मेसिन सहयोग भएको खण्डमा ठुलो राहतहुने थियो ।’

साथै उनले मेसिन उपलब्धताको लागि सबैसंग सहयोगको आग्रह समेत गरेका छन्। साथै रोकायाले अहिले बजारमा बाहिरबाट पाउरोटी र डुनोट आयातहुने हुँदा समस्या थपिएको समेत बताएका छन् ।अहिले बजारभर बाहिरबाटै पाउरोटी र डुनोट आउँने गर्छन्,जसले गर्दा व्यवसायमा चुनौती थपिएको छ ।

रोकायले भने, ‘बाहिरबाट आयात भएपनि आफू आफ्नो पेशा,व्यवसायमा लगावका साथ निरन्तरता दिन्छु । जसका कारण उत्पादित पाउरोटी, डुनोट खेर जादैनन् । सबै बिक्री हुन्छन् । जसले गर्दा आफू खासै निरास हुनु पर्दैन ।’ रोकाया एक उदाहरण पात्रमात्रै हुन् । यस्ता स–सानाव्यवसाय सञ्चालन गरेर असलकर्मको परिचय दिएका व्यक्तिहरु बाजुरामा थुप्रै छन् ।

उनको पेशाले ‘मेहेनत आवश्यक छ, देशमाअवसर छैन भन्न मिल्दैन । कर्म गर्न जरुरी छ । विदेशपलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गरे प्रतिफल प्राप्त हुन्छ ।’भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । रोकायाको यो सामान्य पेशा,व्यवसाय एक असल उदाहरण मात्रै होः तर कुनै पनि पेशाव्यवसाय सानो हुदैन भन्ने कुरा यसबाट जान्न सकिन्छ।