प्रधानमन्त्रीको गृह जिल्लामा १७ बर्षिया किशोरी बलात्कृत
झापा– प्रधानमन्त्री केपि शर्माका ओलीको गृह जिल्लामा एक जना १७ वर्षीया दलित किशोरी बलात्कृत भएकी छन् । विगत एक बर्ष देखि घरधनीले डर र त्रासमा पारी शारीरिक शोषण गर्दै आएको ति किशोरीले बताएकी छन ।
पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएकी उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लोपटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई अलपत्र सडकमा छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए ।
अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताए । पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारीदिने धम्की दिँदै आएको बताएकी छन् ।