कुलमान घिसिङको उज्यालो नेपाल पार्टी झनै शक्तिशाली
काठमाडौं—कुलमान घिसिङको उज्यालो नेपाल पार्टी झनै शक्तिशाली हुने भएको छ ।
कुलमानको पार्टीमा रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल मिसिएर ठूलो पार्टी बन्ने भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वैकल्पिक शक्ति बन्न तीन पार्टी मर्ज हुन लागेका छन् । चुनावअघि मन्त्रीबाट राजीनामा दिन लगाई कुलमानको नेतृत्वमा एउटै पार्टी बनाएर चुनावमा जान तीन पार्टी सहमत भएका छन् ।
आजै बेलुकासम्म तीन वटै पार्टीबीच एकता हुने र भोलि निर्वाचन आयोगमा दर्ता हुने स्रोतको दावी छ ।