दाहसंस्कारका लागि ल्याइएकी महिला जब कफिनमा जीवित भेटिइन्…

मंगलबार, ९ मंसिर २०८२

काठमाडौं— दाहसंस्कारका लागि आर्यघाट पुर्याइएकी एक महिला विउभिएकी छन् ।

थाइल्याण्डकी एक महिलाको शव अन्त्यष्टीका लागि सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि राखेर ल्याइएको थियो ।

कफिन खोल्दा बिस्तारै हात र टाउको हल्लाउन थालेपछि सबैजना चकित परेका थिए । डाक्टरले दुई दिनअघि नै मृत घोषणा गरेकी उनी ५ सय किलोमिटर टाढाको यात्रा पार गरेर दाहासंस्कार गर्न खोज्दा चलमलाएकी थिइन् ।

बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले मन्दिरका कर्मचारीरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो ।