दुर्गा प्रसाईं आर्यघाट जाँदै..

बुधबार, १० मंसिर २०८२

काठमाडौं— मेडिकल व्यावसायी दुर्गा प्रसाईं पशुपति आर्यघाट जाने भएका छन् ।

१० बटा वेवारिसे शवको दाहसंस्कारका लागि प्रसाई मंसिर ११ गते दिउँसो ठिक १ बजे पशुपति आर्यघाट जाने भएका हुन् ।

सँधै मानवीय सेवामा समर्पित प्रसाईं बेवारिसे लासको अन्त्यष्टिका लागि पशुपति आर्यघाट जाने उनको सचिवालयले जनाएको छ । पायक पर्ने अभियन्ताहरूलाई पुण्य कार्यको लागि उपस्थित हुने अनुरोधसमेत गरिएको छ ।