सुनिल शर्माले गरे रवि लामिछानेको भागमा पर्ने सबै रकम तिरिदिने घोषणा
काठमाडौं— कांग्रेस नेता सुनिल शर्माले रबि लामिछानेको भागमा पर्ने सबै रकम तिरिदिने घोषणा गरेका छन् ।
नख्खु कारागारमा रहेका रविलाई भेटेर फर्किने बित्तिकै शर्माले रविलाई रिहा गर्ने सर्तमा आरोपित विगो तिरिदिने घोषणा गरेका हुन् ।
विभिन्न सहकारीको रकम अपचलन गरेको अभियोगमा रवि पुर्पक्षका लागि थुनामा छन् ।
रविले विगो बापतको रकम तिरेर मुद्धा लड्ने सुविधा माग गर्दै अदालतमा निवेदनसमेत दिएका छन् । झन्डै १० करोड बढी बिगो रविको नाममा छ ।