प्रचण्डले २१ बर्षिया युवतीलाई पार्टीको केन्द्रीय सदस्य बनाए

बिहिबार, ११ मंसिर २०८२

काठमाडौं—प्रचण्डले २१ बर्षिया युवतीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् ।

जेनजी अगुवासमेत रहेकी मुस्कान खातुनलाई नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।

खातुन ६ वर्षअघि तेजाब आक्रमणको शिकार बनेकी थिइन् । खातुनले २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् । नेकपाले मात्र भ्रष्टाचार र हिंसा अन्त्य गर्न सक्ने बताउँदै सोही दिशामा काम गर्न आफू जोडिएको बताइन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनको नियुक्ति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले भनिन् कि तेजाब आक्रमण मात्र हिंसा होइन, देशमा दिदी–बहिनीहरूले भोग्नुपरेका अन्य खालका हिंसाविरुद्ध पनि अभियान जरुरी छ। साथै उनले देशमा भ्रष्टाचार र हिंसा अन्त्यको अपेक्षा व्यक्त गर्दै नेकपाले सोही दिशामा काम गर्नेमा विश्वास राखिन्।