रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न अर्का भिआईपी रास्वपामा

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं—रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न अर्का भिआईपी रास्वपामा प्रवेश गरेका छन् ।

नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल सरकारले गरेको अन्यायविरुद्ध लड्ने उद्घोष गर्दै रविको रास्वपामा प्रवेश गरेका हुन् ।

प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको विगत कोट्याउँदै पोखरेलले रास्वपा सभापतिमाथि भएको अन्यायका विरुद्ध लड्न रास्वपामा समाहित भएको बताएका छन् ।

पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए ।

परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक रहेको भन्दै उनले रास्वपामा त्यस्ता व्यक्तिहरू रहनुपर्ने बताए ।

२४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।