रवि लामिछानेले निर्णायक वार्ताका लागि कुलमान घिसिङलाई नख्खु कारागार बोलाए

शनिबार, १३ मंसिर २०८२

काठमाडौं—रवि लामिछानेले निर्णायक वार्ताका लागि कुलमान घिसिङलाई नख्खु कारागार बोलाएका छन् ।

थरिथरीका प्रस्ताव र अडानले एकता भाँडिएको ठहर गर्दै रविले निर्णायक वार्ताका लागि कुलमानलाई नख्खु कारागार बोलाएका हुन् ।

रविले कारागारबाट कुलमानलाई पार्टी सभापति, पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, आफुलाई थुनामुक्त गर्न पहल गर्नुपर्ने लगायतका सन्देश पठाएका छन् । तर कुलमान मन्त्रीको हैसियतले कारागार जान आनाकानी गरिरहेका छन् ।