६ वैज्ञानिकसहित ११ सरकारी कर्मचारी सम्पर्कविहिन

आइतबार, १४ मंसिर २०८२

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहिन भएका छन् । अध्ययन बिदा लिएदेखि अनुपस्थित सम्पर्कविहिन भएका वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगरलाई हटाउन प्रक्राया सुरु गरेको छ ।

डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित भएपछि सरकारले हटाउन प्रक्रिया थालेको छ । उनीहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएका थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।

त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा लेखेको छ, ‘‘परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’