बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति लगिदैँ

सोमबार, १५ मंसिर २०८२

काठमाडौं— काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।

शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए ।

उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ ।