सन्दीप लामिछानेलाई साथ दिन विश्वको चर्चित क्रिकेटर नेपाल आइपुगे

सोमबार, १५ मंसिर २०८२

काठमाडौं— सन्दीप लामिछानेलाई साथ दिन विश्वको चर्चित क्रिकेटर नेपाल आइपुगेका छन् ।

दक्षिण अफ्रिकाको राष्ट्रिय टिमका पूर्वकप्तान फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन् ।

सन्दीप कप्तान रहेको विराटनगर किंग्सबाट एनपीएलका बाँकी खेल खेल्न उनी नेपाल आएका हुन् ।

उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानीसमेत गरेका थिए भने दिल्ली र चेन्नई सुपरकिंग्स जस्ता टिमबाट समेत खेलेका थिए ।