लुम्बिनीमा‘विश्वशान्तिकार्यक्रम’हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने

मंगलबार, १६ मंसिर २०८२

काठमाडौं — बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्वशान्ति कार्यक्रम’आयोजना हुँदैछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधि मण्डलसहित १० हजारभन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपालभ्रमण गर्ने अपेक्षा रहेको छ ।

उनकाअनुसार कार्यक्रममा भारत केरला स्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथमप्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमाव्यापार गर्दै आएका इरामहोल्डिङ्सका डाक्टर सिद्दिकअहमदलगायतका व्यक्तिहरू समेत सहभागी हुनेछन्।

तीनदिन सम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिकन्याय, व्यावहारिक शान्तिनिर्माण, दैनिक नेतृत्व र स्थानीयशासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ।

त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुखदीप अर्पण समारोह हुनेछ, जहाँहजारौं दीप र शान्तिको लागिप्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ।