प्रधानमन्त्री सुशीला कार्कीले दुुर्गा प्रसाईलाई बार्ताका लागि बोलाईन्
काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले दुुर्गा प्रसाईलाई बार्ताका लागि बोलाएकी छन् ।
प्रसाईंले २० लाखभन्दा मुनीको ऋण मिनाह गर्नुपर्ने, ऋणीलाई कालोसूचीमा राख्न नपाइने, बैंकले ऋणीको नाम पत्रिकामा छाप्न नपाइने लगायतका माग राख्दै निर्वाचन हुन नदिने धम्की दिएपछि प्रधानमन्त्रीले पत्र लेखेर वार्तामा बोलाएकी हुन् ।
पत्रमा मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्ने उल्लेख छ । यसअघि गृहमन्त्री ओमप्रकाश अर्याालले प्रसाईंसँग बार्ता गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्र पठाएका हुन्।