मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामापत्र

बुधबार, १७ मंसिर २०८२

काठमाडौं— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् ।

उनले केहीबेर अघिमात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छ ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफै मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरहदा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।