पार्टी घोषणा गरेकै दिन कुलमान घिसिङलाई झट्का
काठमाडौं— पार्टी घोषणा गरेकै दिन कुलमान घिसिङलाई झट्का लागेको छ ।
पार्टी एकता गर्ने भन्दै दौडधुप गरिरहेका खगेन्द्र सुनारले कुलमानसँग यसअघि भएको सहमति तोडेर अघि बढेपछि झट्का लागेको हो ।
यसअघि उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ बाटै आगामी फागुन २१ गतेको चुनाव लड्ने सहमति भएको थियो ।
सुनारले उक्त सहमति १ हप्तामै तोडेका हुन् । अब उनी लाइक चुनाव चिन्हबाट चुनाव लड्नेछन् ।