आज धान्यपूर्णिमा : देशभरकुल देवताको पुजा हुँदै
काठमाडौं — मार्गशीर्ष पूर्णिमा अर्थात धान्य पूर्णिमाकादिन आज देशभर आफ्नो कुल देवताको पूजा भइरहेको छ ।
देशभरका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुलपूजा गर्छन् ।
मसिंर पूर्णिमालाई नेपालभरि नै धान्यपूर्णिमाका रुपमा मनाउने गरिन्छ । धान्य पुर्णिमामा आजदेशभर आफ्नो कुल देवताको पुजा गर्ने गरिन्छ ।
यसै अवसरमा आज ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा घिमिरेहरुले पनि आफ्नो कुलपूजा गरेका छन् ।
घिमिरेहरु उत्पति कसरी र कहाँबाट भयो भन्ने यकिन तथ्य नभएता पनि गुल्मी जिल्लाबाट उत्पति भएको सुन्नमा आएको बुढापाकाहरु बताउँछन् ।
कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीयविधि अनुसार पितृ, ख्याति प्राप्तपुर्खा, कुलका संरक्षक देवतातथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो।
शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनी जस्ता शब्द प्रयोग गरेको पाइन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ ।