हेटौंडामा भोलिदेखि सडकविस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं— हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने भएको छ । सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजनापारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बताउँछन् ।

हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन । व्यवसायी र स्थानीय बासिन्दाले सहयोग गरिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु।”

अदालतको आदेश अनुसार ‘राइटअफ वे’ खाली गर्ने प्रक्रिया स्थानीयको सहकार्यमा अगाडि बढिरहेको प्रशासनको दाबी छ । भोलिदेखि विस्तार कार्य औपचारिक रूपमा अघि बढाइने तयारी सम्पूर्ण भइसकेको अधिकारीले जानकारी दिएका छन् ।

उत्तेजनात्मक गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै उनले भने,‘कसैले पनि कानुन हातमा नलिनुहोस् । कुनै गैरकानुनी गतिविधि देखिएमा कानुन अनुसार कडाइका साथ कारबाहीहुनेछ ।’

प्रशासनको कडाइ, स्थानीयको सहकार्य र स्पष्ट सुरक्षा रणनीतिसँगै हेटौंडामा सडक विस्तारले गतिलिने संकेत देखिएको छ ।