जनपक्षीय पत्रकारिता अभावले मधेसमा अझै सामन्तवाद हावी : अनिल सी

शुक्रबार, १९ मंसिर २०८२

बर्दिवास – महाेत्तरीकाे बर्दिवासमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु भएकाे छ । जनप्रचार तथा प्रकाशन प्रा.लिले आयोजना गरेको तालिम शुक्रबार बिहानदेखि सुरु भएकाे हाे ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मधेस प्रदेशका इन्चार्ज अनिल सीले तालिमकाे उद्घाटन गर्दै मधेसमा जनपक्षीय पत्रकारिता अभावले सामन्तवाद हावी रहेकाे बताए । उनले मधेसमा विद्मायमान सामन्तवादका विरूद्ध कलम चलाउने पत्रकारकाे अभाव रहेकाे बताउँदै याे तालिमले पुर्ति गर्नेमा विश्वास व्यक्त गरे ।

तालिममा नेकपा (माओवादी)का पाेलिटव्युराे सदस्य देवनारायण सी, केन्द्रीय सदस्य तथा सहिद परिवार शीला सीले तालिमकाे शुभकामना दिएका थिए । जनप्रचार तथा प्रकाशन प्रा.लिका सदस्य प्रकाश डुम्रेकाे अध्यक्षतामा सुरू भएकाे तालिमकाे उद्घाटन कार्यक्रमकाे संचालन जनपत्रकार शाेभराज वरालले गरेका थिए ।

तालिमकाे पहिलाे दिन सुचना प्रविधिकाे विकास, पत्रकारितामा सूचना प्रविधि र उद्घाेषणाकाे बारेमा पत्रकार डुम्रे र वरालले प्रशिक्षण दिएका थिए । दुई दर्जन बढी प्रशिक्षार्थी सहभागी तालिम आइतबारसम्म चल्नेछ ।