मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली

शनिबार, २० मंसिर २०८२

काठमाडौं— केपी शर्मा ओलीलाई जसरी पनि पक्राउ गर्न भन्दै सरकारले न्वारानदेखिको बल लाएको खुलासा भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न भन्दै राज्यका सबै संयन्त्र प्रयोग गरेको खुलासा गरेका हुन् ।

पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुसिला कार्कीले सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्न आधार तयार गर्नुहोस् भनेर दबाब दिएको र उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तुरुन्तै हटाएर अर्कोलाई ल्याएको बताएका छन् ।