पत्रकारिता तालिमका प्रशिक्षार्थीद्वारा उत्पादन केन्द्रमा श्रम

शनिबार, २० मंसिर २०८२

बर्दिवास – जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिमकाे दाेस्राे दिन तालिममा सहभागी प्रशिक्षार्थीले नेकपा माओवादीकाे उत्पादन केन्द्रमा श्रम गरेका छन् । शनिबार कक्षाकै रूपमा प्रशिक्षक, आयाेजक र प्रशिक्षार्थीले नेकपा माओवादी, मधेस प्रदेशकाे उत्पादन केन्द्रमा रहेकाे भुँइकटर गाेडमेल गरेका हुन् ।

पार्टीले आयाोजना गर्ने बिभिन्न बैठक, भेला, सम्मेलन, प्रशिक्षणमा श्रम गर्ने संस्कृति अनुसार आजपनि श्रम गरिएकाे जनप्रचार तथा प्रकाशन प्रा.लिका इन्चार्ज अनिल सीले बताएका छन् । जनप्रचार प्रकाशन नेकपा माओवादीकै विभाग हाे । माओवादीका मधेश प्रदेश इन्चार्जसमेत रहेका उनले १ हजार बढी कटहर गाेडमेल गरिएको बताए ।

तालिमकाे दाेस्राे दिन समाचार, समाचारका अवयवहरू, समाचारका शिद्धान्त, समाचारका स्राेतहरू बारे प्रकाश डुम्रे, शाेभराज बराल र राेहित यादवले प्रशिक्षण दिएका थिए । शुक्रबारदेखि सुरु भएकाे तालिम आइतबारसम्म चल्ने छ ।