युवाहरुले भ्रष्ट, कमिसनखोर र दलाल हाकिमलाई मलमुत्र कोचाए

आइतबार, २१ मंसिर २०८२

काठमाडौं— युवाहरुले भ्रष्ट, कमिसनखोर र दलाल हाकिमलाई मलमुत्र कोचाएका छन् ।

धर्बेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट युवा संगठनले राष्ट्रिय आवास कम्पनीका पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर मलमुत्र कोचाएका हुन् । कम्युनिष्ट युवा संगठनको पाँच नम्बर ब्युरोले अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ अनियमितता गरेको र जग्गा हिनामिना गरेको आरोप लगाएको छ ।

उनीहरुले जनकारवाहीको कारण खुलाउँदै ‘जनताको नाममा लुटपाट गर्नेहरूलाई अब केवल कागजी फाइलले होइन, जनकोपले भन्दा धेरै कडा तरिकाले जवाफ दिनुपर्ने बेला आएको बताएका छन् ।

आगामी दिनहरूमा अन्य भ्रष्ट, कमिसनखोर र दलाल पात्रहरूलाई पनि क्रमिक रूपमा जनकारबाहीको दायरामा ल्याइने संगठनको चेतावनी छ । ‘मल–मुत्र दलेर गरिएको यो कारबाही भ्रष्टाचारविरुद्धको नौलो तर प्रतिकात्मक चेतावनी हो, जसले राज्य मशीनरीभित्र डेरा जमाएका दलाल–घोटालाहरूमाथि जनताको असन्तोष स्पष्ट देखाउँछ’, संगठनले भनेको छ ।