२० लाखभन्दा मुनिको ऋण मिनाह नभएसम्म चुनाव हुन नदिने दुर्गा प्रसाईंको धम्की

सोमबार, २२ मंसिर २०८२

 

काठमाडौँ – दुर्गा प्रसाईंले २० लाखभन्दा मुनिको ऋण मिनाह नभएसम्म चुनाव हुन नदिने धम्की दिएका छन् । सिंहदरबार पुगेर प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना माग पुरा गर्न चेतावनी दिदै माग पुरा नभए चुनाव हुन नदिने धम्की दिएका हुन् ।

उनले आफ्ना मागहरू जनजीविकासँग सम्बन्धीत भएकाले खेलाँची नसम्झिन अनुरोधसमेत गरेका छन् । प्रसाईले कालोसूचीबाट ऋणीको नाम हटाउनु पर्ने, २० लाखसम्मको ऋण मिनाह, हिन्दु राष्ट्र घोषणा, संघियता खारेज हुनुपर्नेलगायतका माग राखेका छन् ।
सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिए।उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्टरुपमा राखेको बताउँदै आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए।प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको सुनाउँदै प्रसाईंले माग पुरा नभए फागुनमा चुनाव हुन नदिने बताए।

२०६२र०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको उनले बताए।