विद्यार्थी ठग्ने पाँच कन्सन्टेल्सीका संचालक पक्राउ
काठमाडौं – नेपाली विद्यार्थीलाई विदेश पठाइदिने भन्दै रकम असुलेर ठगी गर्ने पाँच शैक्षिक कन्सल्टेन्सी संचालक पक्राउ गरेका छन् । काठमाडौंका विभिन्न स्थानमा कार्यालय संचालन गरी नेपालका बिभिन्न विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका लागि युएई पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर न.पा.वडा नं. ६ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३१ मा स्थित Best Path Education Pvt. Ltd.का संचालक बर्ष २९ को कृष्ण थापा, कपिलबस्तुको बुद्धभुमि न.पा. ४ स्थायी ठेगाना भई हाल काठमाडौँ जिल्ला का.म.पा. वडा नं. ७ नारायण गोपाल चोकस्थित Mercy Education Consultancy Pvt. Ltd.को संचालक रामचन्द्र टन्डन, काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं.३१ स्थित Cityhub Education Network Pvt. Ltd को संचालक बर्ष ३१ को सुवाश सिलवाल, दार्चुलाको लेक्रम गा.पा. २ स्थायी ठेगाना भई हाल काठमाडौँ जिल्ला का.म.पा. वडा नं.२ लाजिम्पाट स्थित Kantipur Abroad Consultant Pvt. Ltd. को संचालक बर्ष ४८ को हेम राज भट्ट र सिन्धुपाल्चोकका बाह्रबिसे न.पा. ९ स्थायी ठेगाना भई हाल काठमाडौँ जिल्ला का.म.पा। वडा नं.२ लाजिम्पाट स्थित Kantipur Abroad Consultant Pvt. Ltd. को संचालक बर्ष ४८ को दामोदर ढकाललाई सीआईले पक्राउ गरेको हो ।
१७ शैक्षिक कन्सल्टेन्सी सीआईबीको उच्च निगरानीमा (नामवलीसहित)
उनीहरुलाई सीआईबीले नेपालका बिभिन्न विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका लागि फ्रान्स तथा अष्ट्रेलिया लगायत मुलुकका University हरुबाट मान्यता प्राप्त UAE मा रहेका College मा Credit Transfer समेत हुने Acadedmic Course अध्ययनको लागि भनी झुक्यानमा पारी UAE का सबै शैक्षिक संस्थाहरुलाई अनुमति दिने उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय MOHESR / Commission for Academic Accreditation (CAA) बाट समेत स्वीकृति नलिएको Training Institute हरूमा लगी प्रति व्यक्ति रु. ८,००,०००।– (अक्षरुपी आठ लाख) देखि रु.२२,००,०००।– (अक्षरुपी बाईस लाख) रकम लिई मुलुकी अपराध संहिता, २०७४, ठगी सम्बन्धी कसूर गरेको भनी पीडितहरु मध्ये हालसम्म दिएको १३ जनाको जाहेरी दरखास्तको आधारमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार दिउसो पक्राउ गरेको हो ।

युएई ठगी काण्ड : थप १ सय ८३ जना विद्यार्थीले गरे कलेज र कन्सल्टेन्सीविरुद्ध उजुरी