पार्टीको विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाइयो : कार्यवाहक सभापति

शुक्रबार, २ माघ २०८२

काठमाण्डौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाउनु पार्टीको विधान विपरीत भएको बताएका छन्।

शुक्रबार सानेपामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्काले पार्टीको विधान विपरीत गतिविधि भएको बताएका हुन् ।

उनले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिबाहेक अरूलाई नभएको बताए।

उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छौँ।’